BETA
VERSION

जलविद्युत्मा लगानी सम्बन्धी कार्यशाला असोजमा

जलविद्युत्मा लगानी सम्बन्धी कार्यशाला असोजमा

 २०७२-०४-२६ मा प्रकाशित      

साउन २५, काठमाडौं (अस) । आगामी असोज ६ र ७ गते काठमाडौंमा ‘जलविद्युत्मा लगानी’सम्बन्धी कार्यशाला आयोजना हुने भएको छ । कार्यशाला स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । कार्यशालामा जलविद्युत् आयोजनामा गरिने लगानीका विविध पक्ष र जोखीम व्यवस्थापन गरी आयोजना सफल बनाउने तरिकाबारे सहभागीलाई जानकारी दिइने उद्देश्य राखिएको छ । विशेषगरी जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने महŒवपूर्ण चरणहरूबारे पनि कार्यशालामा छलफल गरिनेछ ।

यस प्रकारको सिकाइले आयोजनाको कार्यान्वयनमा महŒवपूर्ण सहयोग पुर्‍याउने आयोजकको विश्वास छ । कार्यशालाका लागि तयार गरिने ‘कोर्स’ आयोजना विकास सम्झौता र विद्युत् निर्यातका चुनौतीमा केन्द्रित गरिएको छ । यसको तयारीका लागि अन्तरराष्ट्रिय जलविद्युत् उद्योग र विकासमा संलग्न मल्टी कन्सल्ट ग्रूप, प्राइस वाटर हाउस कुपर्स (पीडब्ल्यूसी) र आईएफसीका विज्ञ संलग्न हुने जानकारी दिइएको छ ।

http://www.abhiyan.com.np/new/Articles/view/64107