BETA
VERSION

जलविद्युत् तेस्रोमा बढी

जलविद्युत् तेस्रोमा बढी

लोकमणि राई

काठमाडौ, श्रावण २४ – 

प्रदेश ३ मा सबैभन्दा बढी सबैभन्दा बढी जलविद्युत् आयोजना छन्। १३ जिल्ला भएको यो प्रदेशमा निर्माणाधीन र सञ्चालनमा रहेका गरी करिब २ हजार ८ सय ४५ मेगावाट क्षमताका ३९ विद्युत् आयोजना छन्। तीमध्ये २ हजार ६ सय ८६ दशमलव ८२ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन रहेको विद्युत् विकास विभागको तथ्यांकले देखाउँछ। विद्युत् प्राधिकरणको तथ्यांकअनुसार प्रदेश ३ मा १ सय ५८ दशमलव २ मेगावाट क्षमताका जलविद्युत् आयोजना सञ्चालनमा छन्। प्रदेश ४ जलविद्युत्का हिसाबले दोस्रो नम्बरमा छ। यो प्रदेशमा निर्माणाधीन र सञ्चालनमा रहेका करिब २ हजार ५ सय ३६ दशमलव ५ मेगावाट क्षमताका २९ जलविद्युत् आयोजना छन्। त्यसमध्ये २ हजार ३ सय २२ दशमलव मेगावाट क्षमतामा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने २ सय १४ मेगावाट क्षमताका जलविद्युत् आयोजना सञ्चालनमा छन्। सञ्चालनमा रहेका आयोजनाका हिसाबले प्रदेश ४ सबैभन्दा ठूलो हो भने दोस्रोमा प्रदेश ३ हो।

प्रदेश ६ मा १ हजार २८ दशमलव ३ मेगावाट क्षमताका १० आयोजना निर्माणाधीन छन्। जलविद्युत् आयोजनाको क्षमताको हिसाबले यो प्रदेश तेस्रो नम्बरमा छ। तर यो प्रदेशमा ५ मेगावाट माथिका कुनै पनि आयोजना सञ्चालनमा छैन। प्रदेश १ जलविद्युत्का हिसाबले चौथो नम्बरमा छ। यो प्रदेशमा सञ्चालनमा रहेको एउटासहित १५ जलविद्युत् आयोजना छन्। निर्माणाधीन १४ जलविद्युत् आयोजनाको क्षमता ९ सय ९६ दशमलव ३२ मेगावाट छ भने सञ्चालनमा रहेको एउटा आयोजनाको क्षमता ६ दशमलव २ मेगावाट छ। 

भारतसँगमात्र सीमा जोडिएको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा कम जलविद्युत् रहेको देखिन्छ। प्रदेश २ मा कुनै पनि जलविद्युत् आयोजना छैन भने प्रदेश ५ मा पनि जलविद्युत् आयोजना छैनन्। प्रदेश ५ मा गोर्खा जिल्लालाई २ भागमा विभाजन गरिएको छ। यो जिल्लामा १० मेगावाटका ३ आयोजना निर्माणाधीन छन्। गोर्खाको आयोजनालाई बराबरी भाग लगाउने हो भने प्रदेश ५ मा ५ मेगावाट क्षमताको आयोजना निर्माणाधीन देखिन्छ। 

हाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका १ हजार ४४ मेगावाट क्षमताका आयोजनासमेत कम्तीमा ७ हजार ६० मेगावाटका जलविद्युत् आयोजना निर्माणाधीन छन्। विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेका ६ मेगावाट मुनिका जलविद्युत् आयोजना (४८ मेगावाट) र निजी क्षेत्रले सञ्चालन गरिरहेका करिब २ सय ७६ मेगावाट जलविद्युत् आयोजनालाई समावेश गरिएको छैन। साथै करिब साढे ४ मेगावाट बराबरको प्राधिकरणको आइसोलेटेड लघु जलविद्युत् आयोजना, सर्वेक्षण अनुमति जारी भएका कम्तमिा १ सय ५७ जलविद्युत् आयोजना र वित्तीय व्यवस्थापन हुन बाँकी रहेका ९/९ सय मेगावाटका माथिल्लो कर्णाली, अरुण तेस्रो तथा करिब ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना हिसाब गरिएको छैन।

http://www.ekantipur.com/kantipur/2072/4/24/full-story/352296.html