BETA
VERSION

भारतीय लगानी विस्तारका लागि आग्रह

भारतीय लगानी विस्तारका लागि आग्रह

काठमाडौंनेपाल समाचारपत्र

उद्योगमन्त्री महेश बस्नेतले नेपालमा भारतीय लगानीको विस्तारका साथै नयाँ लगानी गर्न भारतीय उद्योगी एवम् लगानीकर्तालाई आग्रह गर्नुभएको छ। सोमबार नेपाल–भारत उद्योग वाणिज्य संघ तथा लगानी बोर्डद्वारा संयुक्त आयोजना गरिएको ‘भूकम्पपश्चात नेपालमा लगानीको वातावरणसम्बन्धी अवसर तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले त्यसक्रममा भूकम्पबाट ठूलो मात्रामा धनजनको क्षति भएको तथा नेपालको पुनर्निर्माणमा भारतीय लगानीले ठूलो सहयोग पुग्ने आशा व्यक्त गर्दै लगानी आकर्षित गर्नको लागि सरकारले नेपाल लगानी वर्ष २०१५⁄१६ को आयोजना गर्न लागिरहेको समेत जानकारी दिनुभयो। लगानी आकर्षित गर्न नयांँ औद्योगिक नीति, सेज ऐन मन्त्रिपरिषद् पेस भइसकेको जानकारी दिँंदै अन्य सुविधा दिनेबारे सरकारले गृहकार्य गरिरहेको मन्त्री बस्नेतको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले लगानीका सम्बन्धमा उठेका विषय तथा समस्याका सम्बन्धमा निकट भविष्यमा नै धेरैजसो समस्याहरू सम्बोधन हुने बताउनुभयो। उहाँंले केही दिनभित्रै संविधान जारी हुने आशा व्यक्त गर्दै अब बन्ने संविधानमा पनि लगानी सुरक्षित गरिने, राज्यबाट कम्पनीहरू सरकारीकरण नगरिने उल्लेख गरिएको कारण पनि अब नेपालमा लगानी गर्नु सुरक्षित हुने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपालमा लगानी अभिवृद्धिको लागि नेपालले विभिन्न मुलुकमा आफ्नो बजार व्यवस्थापन गर्न सुझाव दिनुभयो। लगानीका लागि उपयुक्त नीतिका साथै लगानीकर्ताको समस्याको उचित सम्बोधन गर्ने प्रभावकारी व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुने विचार व्यक्त गर्दै नेपालका विविध क्षेत्रमा लगानी तथा सीप अभिवृद्धि गर्न भारत सहयोग गर्न तत्पर रहेको बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिको लागी सहयोग गर्न पनि भारत तत्पर रहेको बताउनुभयो। राजदूत रेले नेपाली कृषि वस्तुको भारत निकासी सहज बनाउन ४ प्रमुख भन्सार नाकामा एकीकृत चेकपोस्ट निर्माण भइरहेको जानकारी दिँदै २ वटा चेकपोस्ट निकट भविष्यमै सञ्चालनमा आउने बतानउुभयो।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालमा लगानीका लागि विविध क्षेत्रहरू उपलब्ध रहेको र ती सबै क्षेत्रमा ठूलो सम्भावना पनि रहेको बताउनुभयो। उहाँले त्यसबाट विदेशी लगानीकर्ता तथा नेपालीले पनि लाभ लिन सकिने विचार व्यक्त गर्दै भन्नुभयो–‘नेपालमा लगानी प्रवद्र्धनका लागि विभिन्न देशमा रोडशोलगायत अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्ने तय गरिएको छ।’ प्रवद्र्धनात्मक कार्यक्रमका लागि उद्योग मन्त्रालय तथा अन्य मन्त्रालयसँग पनि सहकार्य अघि बढाइरहेको पन्तले बताउनुभयो।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपालमा हालसम्म लगानी गरी आफ्नो उद्योग, व्यवसाय तथा सेवा सञ्चालन गर्दै आईरहेका द्विराष्ट्रिय कम्पनीका प्रतिनिधिका साथै सरकारी अधिकारीको पनि उपस्थितिमा विद्यमान समयमा नेपालमा लगानीको सम्भावना, सरकारको तर्फबाट लगानी आकर्षित गर्न अवलम्बन गरिनुपर्ने विषयमा केन्द्रित रहेर नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष बुधादित्य मुखर्जीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष शशिराज पाण्डे, उपाध्यक्ष श्यामकुमार लोहिया, महासचिव सौर्य राणासहित उद्योग विभागका महानिर्देशक ज्ञानप्रसाद न्यौपाने, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष्ँ खड्गबहादुर विष्टलगायतले नेपालमा लगानीको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नु भएको थियो।

http://www.newsofnepal.com/?p=93520