BETA
VERSION

सिमेन्ट उद्योगमा विदेशी लगानी भित्र्याउने स्वीकृति

सिमेन्ट उद्योगमा विदेशी लगानी भित्र्याउने स्वीकृति

29 Jul 2015 | 08:42am

बुधबार १३ श्रावण, २०७२

कुबेर चालिसे  Nagarik

काठमाडौं-शिवम् सिमेन्टले चीनको हंसि ग्रुपबाट विदेशी लगानी भित्र्याउन अनुमति पाएको छ। लगानी बोर्डको मंगलबार बसेको बैठकले शिवम् सिमेन्टलाई विदेशी लगानी ल्याउन स्वीकृति दिएपछि चीनबाट सिमेन्टमा ठूलो रकमको प्रतक्ष्य लगानी भित्र्ने भएको छ। देशमा विस्तारै लगानीको वातावरण बनिरहेको बेला लगानी बोर्डले सिमेन्ट उद्योगमा तेस्रो ठूलो बैदेसिक लगानीलाई स्विकृति दिएको हो। यसअघि बोर्डले नाइजेरियाको डड.गोटे समुह तथा भारतको रिलायन्स ईन्फ्रास्ट्र्रक्चर कम्पनीलाई नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने स्विकृति दिइसकेको छ। लगानी बोर्डको निर्णय पछि शिवम् सिमेन्ट अन्तर्गतको शिवम् होल्डिङस् र हंसि ग्रुप अन्तर्गतको हंसि होल्डिङ्सले संयुक्त लगानीमा नेपालमा ४० अर्ब रुपैयाको सिमेन्ट कम्पनी स्थापना गर्ने शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोल्यानले नागरिकलाई बताए। उनले कम्पनीको कूल स्थिर पूँजीमध्ये ७० प्रतिशत चीनको हंसि ग्रुप र बांकी ३० प्रतिशत शिवम् होल्डिङ्सको हुने छ।

उनका अनुसार चालु पूँजी २ अर्ब रुपैयाँ रहने संयुक्त लगानीको हंसि शिवम् होल्डिङ्सको कुल स्थिर पँुजी ३३ अर्ब ९० करोड रुपैयाँ (३३ करोड ९० लाख अमेरिकी डलर) रहने छ। शिवम सिमेन्ट र हंसि ग्रुपले ५ महिनाअघि साझेदारीमा नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न सम्झौता गरेका थिए। गोल्यानले संयुक्त लगानीमा स्थापना हुने हंसि शिवम् होल्डिङ्सले आगामी चार वर्षभित्र सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए। सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखृेको सिमेन्ट उद्योगकोे जडित उत्पादन क्षमता दैनिक ६ हजार मेटि्रक टन रहने छ। सिमेन्ट उद्योगमा करीब २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए।।

बोर्डको स्वीकृतिपछि कम्पनीले पस्चिम नेपलमा जग्गा खरीद गरेर उद्योग स्थापना गर्ने प्रकृया शुरू गर्ने तयारी रहेको पनि उनले जानकारी दिएको छ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार लगानी बोर्डले स्विकृति दिएका ३ बैदेसिक लगानीका कम्पनी तथा हाल नेपालमा रहेको सिमेन्ट उद्योगले पुर्ण क्षमतामा उत्पादन गर्न सके हालको आन्तरीक बजारको मागभन्दा बढि सिमेन्ट उत्पादन हुनेछ। हाल नेपालमा १८,००० मेटि्र्क टन उत्पादन क्षमता भएका जम्मा ४५ सिमेन्ट उद्योग छन्। थापाका अनुसार नेपाली सिमेन्ट उद्योगहरु अनियमित विद्युत आपूर्ति तथा बजारको कम मागको कारण हाल आफनो उत्पादन क्षमताको ५५ प्रतिशतमात्र उत्पादन गरिरहेको छन्।

दोस्रो संविधान सभाको चुनाव पछि मुलुकमा तुलनात्मक रुपमा औद्योगिक शान्ति कायम रहेकोले ठूलाजलविद्युत आयोजना तथा सिमेन्ट उद्योगमा बैदेसिक लगानी आउन थालेको हो। नाइजेरियाको डड.गोटे समुहले पहिलो चरणमा हेटौडामा सिमेन्ट उद्योग स्थापना गरी ५५ अर्ब लगानी गर्ने योजना बनाएको छ। यसैगरी डड.गोटे तथा भारतको रिलायन्स ईन्फ्रास्ट्र्रक्चर कम्पनीले पनि आगामी पाँच वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन्।

पछिल्ला समयमा नेपालमा ठूला जलविद्युत आयोजनाहरु तथा पूर्वाधारको निर्माण तिब्र गतिमा हुने आशामा सिमेन्ट उद्योगमा लगानी बढेको देखिन्छ। नेपालले गत आर्थिक वर्ष २०७१र७२ को ११ महिनामा ९ अर्ब ३८ करोडको सिमेन्ट आयात गरेको नेपाल राष्ट्र् बैेकको तथ्यांकले देखाउँछ।

http://nagariknews.com/economy/story/42480.html